म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको उपाध्यक्ष पदमा यूकेबाट किसान जिसीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बेनी नगरपालिका-६, छाप घर भई हाल यूकेमा रहेका जिसीले आगामी असोज २६-२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मोना यूकेको सह–कोषाध्यक्ष, कोषाध्यक्ष, मोना यूके बेनी नगरपालिका सचिव, मोना आइइसीको महिला तथा बालबालिका कोषको संयोजकको जिम्मेबारी समेत सम्हालिसकेका जिसीले मोनाको पदाधिकारीमै बसेर काम गर्ने गरी उम्मेदवारी दिएको बताए ।

‘मोनाको अभियानमा नजिकबाट जोडिएको छु,’यसपटक उपाध्यक्ष पदमा सबैको साथ र सहयोग मागेको छु’उम्मेदवारी घोषणा गर्दै जिसीले भने, ’मोना आमप्रवासी म्याग्देलीहरुको साझा संस्था हो, सबै प्रवासीले अनिवार्य सदस्यता लिने वातावरण बनाउनुपर्छ’ जिसीले भने ।

उनले विश्वभर रहेका म्याग्देलीलाई मोनाको छातामा आवद्ध गर्न सकेमा मात्रै संस्थाको अभियान सफल हुने भन्दै विगतका असल अभ्यासलाई निरन्तरता दिदैं कमजोरी सच्चाएर मोनाको अभियानलाई उचाईमा पुर्याउनुपर्ने बताए । उनले मोनामा प्रवासमा रहेका नयाँ पुस्ताको आर्कषण जगाउने र पूरानो पुस्ताको अनुभवलाई समेत समेट्नुपर्ने बताए ।

आफ्नो स्वर्गीय बहिनी गंगा जिसीको सम्झनामा गंगा जिसी फाउण्डेशनमार्फत दर्जनौ सामाजिक एवम् मानवीय सेवामा सक्रिय जिसीले बेसारा करिणा कार्कीलाई उच्च शिक्षासम्मको अभिभावकत्व ग्रहण गरेका छन् भने बुबाले आमालाई छोडेपछि बंगुर फार्ममा बसेर पढ्ने पुष्पा राईलाई समेत उच्च शिक्षासम्म अभिभावकत्व ग्रह्ण गरेका छन् ।

विगत दुई दशकदेखि रेष्टुरेन्ट तथा सुपरमार्केट ब्यवसाय गदैं आएका जिसीले सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गदैं आएका जिसी यूकेमा रहेका नेपाली संस्थामा समेत आबद्ध भएर नेपालीको हक=हितमा काम गरिरहेका छन ।

जिसी साउथ वेष्ट नेपाली समाज यूकेको बरिष्ठ उपाध्यक्ष,सयपत्री सांस्कृतिक कल्चरल गुप्रको कोषाध्यक्ष, हाल संरक्षक समेत हुन् । उनले मोनाको गरिमा बढाउने गरी उम्मेदवारी दिएकाले विश्वभरबाट आउने प्रतिनिधिलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

Leave a Reply