सुशीलबाबु थकाली

मुस्ताङको घरपझोङ गाउँपालिकाले यहिँ आउदो असोज १८, १९ र २० गते प्रथम कृषि तथा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । स्थानीय कला, संस्कृति, भेषभुषा, धर्म, परम्परा, इतिहास, चालचलन र रहनसहन सहतिको तीन दिने महोत्सवको ओजना गर्न लागेको आयोजकले बताएको छ ।

मुस्ताङ जिल्लाको इतिहासमै पहिलोपटक आयोजना हुन लागिरहेको उक्त कृषि तथा पर्यटन महोत्सवमा तीन दिनभित्र करिब सात हजार जना आन्तरिक तथा बाह्य पर्यटकले प्रत्यक्ष अवलोकन गरिने आयोजको दावि रहेको छ । बिशेष गरेर सोह्र श्राद्ध र दशैलाई मध्यनजर गरि आयोजना हुन लागिरहेको उक्त महोत्सव घरपझोङ गाउँपालिका सँगसँगै मुस्ताङ जिल्लाकै लागि महत्वपूर्ण हुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । हिमालपारिको जिल्लाले समेत परिचित मुस्ताङको वस्तु स्थिति नजिकबाट नियाल्न नसकेका कतिपय आन्तरिक पर्यटकहरुको लागि यो महोत्सव बिशेष बन्ने लालचनको जिकीर रहेको छ ।

उक्त तीन दिनमा घरपझोङ गाउँपालिकाभित्र उत्पादन हुने लोकल बस्तुहरु, यहाँ पाईने बिभिन्न खानाका परिकारहरु, स्वादिष्ट थकाली खानाको मिठो स्वाद चखाउनुका साथै स्थानीय गाउँघरमा उत्पादन हुने लोकल बस्तुको प्रदर्शन गरिने अध्यक्ष लालचनले बताउनुभयो । यसैगरी बिभिन्न कला, संस्कृति झल्किने खालका झाँकीहरुको प्रदर्शन र राष्ट्रिय स्तरमा ख्याती कमाएका चर्चित लोक दोहोरी गायक गायीकाहरुको दोहोरी साँझ प्रस्तुती, खुला भलिबल प्रतियोगिता, खुला तारा खेल प्रतियोगिताका साथै नाचगान समेत रहने आयोजकले जनाएको छ ।

यस तीन दिने महोत्सवको करिव करिव सबै कार्यक्रमहरुको तयारी लगभग सोचेको भन्दा राम्रो बनाउन लागिपरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार घरपझोङ गाउँपालिका भित्रको कृषि र पर्यटनलाई महत्वमा राख्दै महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । यो तीन दिने महोत्सवमा स्थानीयहरुको सिपको बिकास सँगै उनीहरुसँग भएको कलाको समेत उजागर हुने अधिकारीको दावि रहेको छ।

साथै यहाँको पर्यटनसँग सम्बन्धित हरेक कुराको समेत यस महोत्सवले सकारात्मक सन्देश दिने पनि अधिकारीले बताउनुभयो । घरपझोङ गाउँपालिकाभित्रको कतिपय धार्मिक तथा पर्यटकीय स्थलहरुको समेत प्रत्यक्ष अवलोकन गर्न र गराउनका लागि यस महोत्सवले थप टेवा पु¥याउने पनि उहाँको जिकीर रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि केन्द्रविन्दु मानिने मुस्ताङको घरपझोङ गाउँपालिकाभित्रको स्थानीय हस्तकला, कृषि उपज, तरकारी बाली, रैथानेबाली, रैथानेबालीबाट उत्पादन भएको बिभिन्न परिकार, फलफूलबाट उत्पादन भएका बिभिन्न परिकारको लागि स्टलहरु निर्माण हुने भरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थापा मगरले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय काला र संस्कृति झल्किने खालका प्रदर्शनी तथा पहिरनका साथै स्थानीय लुलु गाई र च्याङ्ग्राको समेत उक्त महोत्सवमा प्रदर्शनीका गरिने बताउनुभयो । उहाँका अनुसार घरपझोङ गाउँपालिका भित्रका पाँच वटै वडाका सबै गाउँहरुलाई उक्त महोत्सवमा समेटेर लैजाने बताउनुभयो । पाँच वटै वडाभित्र रहेका विभिन्न गाउँहरुको आ– आफ्नै बिशेषता र महत्व रहेको हुँदा घरपझोङ गाउँपालिकाले यस्ता खाले महत्वपूर्ण अवसर र कार्यक्रमहरुमा समावेश गरि अगाडी लैजादा अत्यन्तै राम्रो हुने समेत उपाध्यक्ष मगरले बताउनुभयो ।

यस अवसरमा उक्त गाउँहरुको कला, संस्कृति र त्यहाँ उत्पादन हुने बस्तुहरुको प्रत्येक्ष अवलोकन गर्न पाउँदा सकारात्मक प्रभाव पर्न जाने र कृषकहरुमा थप मनोवल बृद्धि हुने उहाँले बताउनुभउयो । घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको यस महोत्सवमा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसको लागि आयोजक घरपझोङ गाउँपालिकाले गाउँपालिकाले अनुमानित आया र खर्चको समेत विवरण प्रस्तुुुत गरेको छ ।

Leave a Reply