मौसम खराबीका कारण काठमाडौंदेखि धौलागिरी आधार क्षेत्रका लागि उडेका दुई हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका छन् ।

सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक एअरको एक÷एकवटा हेलिकप्टर बिहान विद्यालयको मैदानमा आकस्मिक अवतरण गरेको विद्यालयका शिक्षक सुरमन गर्बुजाले बताए ।

‘पर्यटक लिन धौलागिरी हिमालतर्फ जाँदै गर्दा खराम मौसमका कारण रोकिएको छ,‘हिमालतर्फ बादलले छपक्कै छोपिएको छ’ शिक्षक गर्बुजाले भने ।

म्याग्दीको अधिकांश स्थानमा रातिदेखि नै भारी वर्षा भइरहेको छ। जसका कारण हवाई उडान प्रभावित भएको छ । वर्षा र बाक्लो कुहिरोका कारण पोखराबाट आउने तयारीमा रहेका थप हेलिकप्टर समेत रोकिएको बताइएको छ।

Leave a Reply