गरिबी र नियतिले भूमरीमा परेकी म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङकी सुस्त श्रवणशक्ति भएकी घनिता पुनले उच्च शिक्षासम्मका लागि आवश्यक पर्ने शैक्षिक सहयोग पाएकी छन्।

बेनी नगरपालिका–४,सिंगास्थित धौलागिरी माविको बहिरा श्रोत कक्षा ५ मा अध्ययनरत पुनलाई मोना यूकेका उपाध्यक्ष पदम गर्बुजाले उच्च शिक्षासम्म लाग्ने सम्पूर्ण शैक्षिक खर्च सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

निकै कहालीलाग्दो परिवारको आर्थिक अवस्था र आमाबुबा मानसिक समस्याका कारण आफन्तको सहयोगमा विद्यालयमा आएकी घनिताका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि धवलागिरी–६ मराङ घर भई लामो समयदेखि यूकेमा रहेका गर्बुजाले कक्षा ५ देखि उच्च शिक्षासम्म शैक्षिक अभिभावकत्व ग्रहण गर्ने बताए ।

‘घनिताको कम्यूटर इन्जिनियर बन्ने सपना पूरा गर्नेछु,‘आर्थिक अभावकै कारण उनको पढाइ रोकिदैन्’गर्बुजाले भने ।उनले उच्च शिक्षाका लागि लाग्ने सहित अन्य खर्चहरू समेत सहयोग गर्ने बताए ।

शब्दहरूलाई औंलाले र शिक्षकको हातको इसारामा हात हल्लाउँदै सांकेतिक भाषामार्फत पढ्ने घनिता धवलागिरी माविको स्रोत कक्षामा कक्षा ५ सम्म अध्ययन हुने भएकाले थप शिक्षाका लागि जानआउने तथा अन्य खर्चले पिरोलिरहेको थियो।

घनिता जेहन्दार,अध्ययनशील र अनुशासितका साथै मेधावी छात्रा हुन् । ‘घनिताले शैक्षिक अभिभावक पाएपछि पढाइमा निकै सहज हुनेछ,‘उच्च शिक्षासम्म सहजै पढ्न पाएमा उनको सपना पूरा हुन्छ’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले भने ।

उनले आर्थिक सा्रेत जुटाउन सकेमा कक्षा ६ देखि १२ सम्म विद्यालयमै पठनपाठनको सुविधा दिने योजना समेत रहेको भएपनि तत्काल सम्भव नभएको बताए ।

बेनी नगरपालिका वडा नं १० पात्लेखेतका मोहन रोका आमाले दोस्रो विवाह गरेपछि सम्पर्कमा छैनन् । उनीजस्तै बेनपा–५ पुलाचौरकी ममिता परियारकी बुबाको मृत्युपछि आमाले दोस्रो विवाह गरिन् । मोहन, ममितासँगै पढ्ने मंगला गाउँपालिका वडा नं १ कुहुँकका यूवराज दर्जीको बुबाको मृत्युभएपनि आमाको अवस्था निकै कमजोर छ ।

बोल्न र सुन्न नसक्ने उनीहरूलाई चाडपर्वको विदा तथा अन्य समयमा घरमा जान समेत निकै समस्या रहेको प्रधानाध्यापक भुवनप्रसाद रेग्मीले बताए । म्याग्दीमा धेरै गरिबीको चपेटामा परेकाहरुलाई सहयोगबाटै नयाँ जिवन पाएका दर्जनौ छन् ।

 

 

Leave a Reply