०८ आश्विन २०८०, सोमबार पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा दरबाङमा सम्पन्न भएको छ । संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा शेयर पुँजी कुल १२  करोड ९५ लाख १८ हजार दुईसय रुपैयाँ पु¥याएको छ ।

यसैगरी सोही आवमा निक्षेप सङ्कलनतर्फ ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ रहेको छ भने ७४
करोड चारलाख ७६ हजार छ सय ८६ रुपैयाँ लगानी र आम्दानीतर्फ एक करोड ५९ लाख ५६ हजार आठसय
२३ रुपैयाँ रहेको संस्थाले जनाएको छ । गएको आवसम्म सहकारीमा कुल ६ हजार १ सय २२ जना शेयर
सदस्यहरु रहेको दरबाङ सेवा केन्द्रका कार्यालय प्रमुख रेकबहादुर पुनले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारी संघसंस्थाले बचत तथा ऋणको कारोबारसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय आर्थिक सङ्कटका कारणले त्यसको असर सबै क्षेत्रमा परेकाले व्यापार, व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै अब सहकारी संस्थाहरुले उत्पादनमा लगानी वृद्धि गरेर त्यसको प्रतिफल आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले सहकारी ऐन बनाएकाले यसले सहकारीको सुरक्षामा सहयोग पुग्ने उहाँको भनाइ छ ।

पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद गौतमले आगामी दिनमा यस सहकारी संस्थाको क्षेत्रलाई अझ फराकिलो बनाएर अगाडि बढाउनका लागि म्याग्दी जिल्लाभन्दा बाहिर पनि कार्यक्षेत्र विस्तार गरिने बताउनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकारद्वय मोतिराज उपाध्याय, सन्तनाथ सुवेदी र जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाको दरबाङ सेवा केन्द्रका कार्यालय प्रमुख रेकबहादुर पुनले प्रगति र आर्थिक विभाग प्रमुख मेघराज शर्माले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीको दरबाब सेवा केन्द्रका संयोजक लेकबहादुर पुनको अध्यक्षता, सञ्चालक समिति सदस्य कमलनाथ शर्माको स्वागत र कार्यालय प्रमुख पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply