---Advertisement---

इनास अमेरिकाको अध्यक्षमा म्याग्दीका राहुल केसी निर्वाचित

On: September 25, 2023 7:56 PM
Follow Us:

इनास अमेरिकाको अध्यक्षमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकमका राहुल केसी निर्वाचित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) अमेरिकाका महासचिव समेत रहेका केसी विश्वको ७३ राष्ट्र फैलिएको नेपाली कलाकारहरुको अन्तर्राष्ट्रीय संस्था अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास) ग्लोबल अन्तर्गत अमेरिका राष्ट्रीय समितिको ५ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ ।

अध्यक्ष केसी आधा दर्जन चलचित्रमा नायकको भूमिका समेत निभाएका छन् भने तीनदर्जनभन्दा बढी म्यूजिक भिडियो मोडल र सांस्कृतिक कार्यक्रमको सिलसिलामा अन्तर्राष्ट्रीयस्तरमा सामेल हुदै आएका छन् ।

इनास अमेरिकाका २०२१ –२०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३–२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकारद्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह– कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् ।

यसैगरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने,अनिल तिमिल्सिना ,अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ ।

त्यस्तै २०२३–२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल ,भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् ।