म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्नो अभिभावकले बैदेशिक रोजगारीको क्रममा भोगेको पीडा सुनाईन् ।  म्यानपावर कम्पनीले आर्कषक तलब सुविधा दिने घोषणा गरेर खाडीमुलुक गएका उनका बुबाले समयमै तलव नपाएको जस्ता समस्या अन्य साथीहरूलाई सुनाउँदै बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिइन् ।

रिड नेपालको आर्थिक सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले सञ्चालन गरिरहेको सुरक्षित स्थान्तरण दियो परियोजना अन्तरगत सुरक्षित आप्रवासन सम्बन्धि सचेतनामा बैदेशिक रोजगारीमा गएका विद्यार्थीले आफ्नो अभिभावले भोगेको अनुभव सुनाएका थिए । पर्याप्त तालिम र सीप र सुरक्षाको ग्यारेन्टीविनै बैदेशिक रोजगारीमा जाँदा अभिभावकले धेरै दुःख पाएको विद्यार्थीको भनाई छ ।

‘मेरो बुबाले विदेशमा गएर धेरै दुःख पाएको अनुभव सुनाउनुभएको थियो,‘सबै बुझेर जाँदा मात्रै काम गर्न सजिलो हुनेरहेछ’ एक छात्रा विद्यार्थीले भनिन् ।

धन कमाउन विदेशमा पुगेका अभिभावकले झेल्दै आएको समस्या समाधान हुने गरी म्याग्दी सामुदायिक पुस्तकालयले सुरू गरेको वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउने अभियानमा हालसम्म सहभागी ८ सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नो अनुभवमा बैदेशिक रोजगारीमा गएकाहरूको दुःख छोराछोरीले समेत महसुस गरेको पाइएको म्याग्दी सामुदायिक पुस्तकालकी कर्मचारी भुजु क्षत्री कटुवालले बताईन् ।

‘विद्यार्थीले बैदेशिक रोजगारीमा गएका अभिभावकको समस्या सुनाउँछन्,‘केही भावुक समेत हुन्छन्, कोहीले सुरक्षित हुने उपायहरूमा चासो देखाउँछन्’ परियोजनाकी सहजकर्ता समेत रहेकी कटुवालले भनिन् ।

म्याग्दी पुस्तकालयले आफ्ना अभिभावकको बैदेशिक यात्रा कसरी सुरक्षित बनाउने? भन्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित बनाउन वैदेशिक रोजगारीलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विद्यार्थीसँग गरिएको कार्यक्रममा आफ्नो अभिभावकको बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन विद्यार्थीले चासो देखाएपछि कार्यक्रमले समेत निरन्तरता पाएको छ ।

हतारमा विदेश जाने योजना बनाउँदा दलालको फन्दामा परेर ठगिने सम्भावनाका बारेमा विद्यार्थीको चासो धेरै रहेको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।

‘यो कार्यक्रमले सचेतना फैलाएको छ, बैदेशिक रोजगारीमा गएका अभिभावकको सुरक्षा बारे विद्यार्थी चिन्तित हुनु राम्रो हो’ प्रअ श्रेष्ठले भने ।

पुस्तकालयमार्फत हालसम्म करिब साढे दुई सय विद्यार्थीलाई वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने ?,बैदेशिक रोजगारको सिलसिलामा कुनै बाधा अड्चन आयो भने क्षतिपुर्ति सहित कसरी सुरक्षित फिर्ता हुन सकिन्छ ?कानुन बिपरीत दलालको फन्दाबाट कसरी जोगिने ? लगायत विविध विषयमा जानकारी गराइएको सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठले बताए ।

‘परियोजनालेृ निरन्तरता पाएमा अब ग्रामिण क्षेत्रका विद्यालयमा समेत पु¥याउँछौ,’बैदेशिक रोजगारी रहर नभई बाध्यता हो’अध्यक्ष श्रेष्ठले भने । उनले रिड नेपाललाई कार्यक्रम निरन्तरताका लागि समेत अनुरोध गरिने बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा श्रीमानहरू विदेशी भूमिमा कठिन परिश्रम गरी नेपालमा पैसा पठाइरहेको अवस्थामा दुरुपयोग गर्ने र बैदेशिक रोजगारीकै कारण घट्ने डरलाग्दो सामाजिक तथा अपराधिक घटनाहरूहरु न्यूनिकरणमा समेत यो कार्यक्रमले विद्यार्थीमार्फत समुदायलाई समेत सचेत बनाउन सकिने बताए ।

परियोजना अन्तरगत हालसम्म बैदेशिक रोजागरीमा जाने तयारीमा रहेका, फर्किएर गाउँमै सिप मुलक कार्यहरु गरेका, समुदायमा फरक पेशामा आवद्ध भएकालाई समेत समेट्ने जनाइएको छ ।

 

Leave a Reply