म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँमा सक्रिय रहेको देउराली युवा क्लबको अधिवेशनबाट १५ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । क्लवको भवनमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा लिलन पुन, उपाध्यक्ष सन्तोष रोका, सचीव भरत रोका, कोषाध्यक्ष अनिता रोका, सह–सचीव उज्ज्वल शेरपुन्जा रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा नवीन पुन, लुलकुमार रोका, प्रबिन रोका, सुमन पुन, सोनाम पुन, देविद पुन, युकेश बिक, विनिता पुन, रजिता पाइजा र टीका रोकालाई चयन गरिएको छ ।क्लवका संरक्षक रविन पुनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वडा अध्यक्ष एकजित रोका लगायतको उपस्थिती रहेको थियो ।

क्लवका निर्वतमान अध्यक्ष बलबहादुर राम्जालीले आफ्नो कार्यकालमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । अधिवेशनको अवसरमा निर्वतमान सचिव एकजित रोकाले प्रगति प्रतिवेदन प्रस्तुत गदैं क्लवमाफर्त सामाजिक कार्यमा सक्रिय भएको अनुभव समेत सुनाएका थिए । कुहुँमा खेलकुद सहित विभिन्न कार्यहरु गर्नका लागि स्थापना २०५० सालमा रुपेश राम्जालीको अध्यक्षतामा क्लवको स्थापना भएको थियो ।

Leave a Reply