पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-२ लुलाङ्गका आगलागी पिडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीद्वारा सञ्चालित एकिकृत विकास परियोजनाको स्पोन्सर् सिप कार्यक्रममा आवद्ध बालिका सुस्मिता पुर्जाको घरमा आगलागीले सम्पूर्ण खाद्यान्न, लत्ता कपडा र घर समेत गरी सत्तरी प्रतिशत जलेको नष्ट भएपछि राहत स्वरुप उक्त सामाग्री वितरण गरिएको परियोजना संयोजक रमेश बुढाले वताए ।

वडा अध्यक्ष अक प्रसाद विक, कार्यपालिका सदस्य एंव वडा सदस्य फुलमाया वुढा। सामुदायिक विकास समिति सदस्य ससिमाया पाईजा, संगम म्याग्दीका कर्मचारी नवराज पुन, गुड नेवर्स इन्टरनेशनलका कर्मचारी र अन्य छिमेकीहरुको रोहवरमा उक्त राहत सामाग्री वितरण गरिएको थियो ।

संस्थाले करिब १७ हजार ५ सय बराबरको ओड्ने, ओच्छाउने, खाद्यान्न तथा पकाउने भाँडाकुडाहरु वितरण गरिएको रा गुड नेवर्स इन्टरनेशनलका कर्मचारी सुर्यमान नगरकोटीले जानकारी दिए ।

गएको भदौ २ गते साँझ ७ बजे अगेनाबाट सल्किएको आगोले नष्ट भएपछि धवलागिरी गाँउपालिकावाट राहत सहित अनुगमन गरी २५ हजार नगद, त्रिपाल र ३ वटा व्लाङकेट सहयोग गरेको पीडत टिका पूर्जाले बताए ।

प्रायोजन कार्यक्रममा परेका बालबालिकाहरुको घर तथा समुदायमा आपतविपतमा सहयोग गर्ने गरिएको संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथआचार्यले वताए ।

Leave a Reply