बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ । नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५० जना कृषकहरुको सहभागिता रहेको कार्यक्रमको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका निमित्त प्रमुख सुभाष रेग्मीले उद्घाटन गर्नुभयो ।

न्यु होप एग्रो विजनेश नेपालका डा. सनी पाठक र मनोज लामिछाने शर्माले पशुपालन गर्दा ध्यान दिनुपर्ने विषयमा तालिममा सहजिकरण गर्नुभएको थियो । नमस्ते कृषि सहकारी संस्थाका अध्यक्ष मुकुन्द शर्मा रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरियाली ग्रुपका महाप्रवन्धक तथा बेनपा ४ का पुर्व वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, सहकारीका लेखा उपसमिति संयोजक कमल पौडेलले शुभकामना मन्तव्य व्यक्त गनुर््भएको थियो ।

Leave a Reply