पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४,महभिरस्थित ओडारबोटमा वस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ। बुधबार राती भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र बिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको हो ।

रातको समयमा पहिरो खस्न थालेपछि स्थानीयबासीले भाडदौड गरेर ज्यान जोगाएका थिए । भारी वर्षा संगै खसेको पहिरोले काले कामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षती पु¥याएको छ। पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएका छन् ।

विस्थापित कामी र घर्तीको परिवारलाई छिमेकीको घरमा सुरक्षित रुपमा बस्ने प्रवन्ध मिलाईएको छ । पहिरोले घरगोठ पुँरीदा करिब १५ लाख बराबरको क्षती भएको छ ।

भिरालो जमिन, कमजोर भुवनावट र भुमिगत जलका कारण पहिरोले जोखिममा पारेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए । ‘सिंगो बस्ती नै जोखिममा छ,‘थप क्षती हुन नदिन सतर्क छौ’अध्यक्ष गर्बुजाले भने ।

स्थलगत अनुगमन सहितको टोलीले बस्तीमाथिका पूराना पहिरो आएकाले रोकथामका लागि ठूलो बजेट आवश्यकता पर्ने बताए । पहिरोले खानेपानीको आपूर्ती बन्द भएकाले सहज बनाउन आवश्यक पाइप सहितको साम्रागी पठाउनुपर्ने अध्यक्ष गर्बुजाको भनाई छ ।

महभिरमा विगतमा समेत पटकपटक पहिरो गएको थियो । गाउँपालिका अध्यक्ष गर्वुजा, वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायतको टोलीले पहिरो पीडितको अवस्था र पहिराले पु¥याएको क्षतिको अवस्थाबारे स्थलगत निरिक्षण गरेका थिए ।

Leave a Reply