पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकमस्थित ताकम माविले सुरू गरेको भित्ते पत्रिकामा विद्यार्थीको आर्कषण देखिएको छ । विद्यार्थीको सृजनशिलता र रचनात्मक क्षमताको पहिचान गर्न विद्यालयले सुरु गरेको ज्ञानमञ्च मासिक भित्रे पत्रिकामा विद्यार्थीले समाचार÷गतिविधि, बाल साहित्य, लघु नाटक, कविता, चुड्किला, चित्र लगाएत बालबालिकाको सिर्जना प्रकाशित गर्ने गरेका छन् ।

नियमित शैक्षिक साम्रागीको प्रयोग, परिक्षाले मात्रै विद्यार्थीको शैक्षिक उन्नती नहुने भन्दै विद्यालयले नियमित भित्रे पत्रिका प्रकाशन सुरु गरेपछि लेखरचना प्रकाशन गर्न सहज भएको कक्षा १० कि विद्यार्थी अल्फा सुबेदीले बताईन् ।उनीजस्तै कक्षा ६ की अल्सा सुबेदी र कक्षा ११ की टोनिसा पौडेलले समेत भित्रे पत्रिकाका लागि साम्रागी जुटाउने गरेका छन् ।

विद्यालयका शिक्षक सुमन केसीका अनुसार विद्यार्थीलाई रचनात्मक बनाउन भित्ते पत्रिका समेत सहयोगी बन्ने बताए । पाठ्यक्रम बाहेक पनि खेलकुद सहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको विद्यालयले विद्यार्थीको लेखन कलालाई प्रर्दशन गर्ने ठाउँ मात्रै नभई नयाँ ज्ञान आर्जनको माध्यम समेत बनाएको छ ।

हरेक महिना साम्रागीको परिवर्तन गरिने बताउँदै आधारभुत तह देखी कक्षा १२ सम्मका विद्यार्थीका सिर्जनालाई प्रर्दशन गरिने सम्पादक रमेश पौडेलले बताए । ‘भित्रेपत्रिका बालबालिकाको लागि ज्ञानको समुन्द्र हो,‘भित्रपत्रिका सम्बन्धि तालिमा समेत दिनेछौ’ पौडेलले भने ।

उनले विद्यार्थीको लेखनसीपको विकासमा समेत पत्रिकाले सघाउने बताए । उनले भित्रे पत्रिकामा प्रकाशित हुने विषयबस्तुलाई पाठ्यपुस्तकसँग समेत जोडेर शिक्षण सिकाईमा प्रयोग गर्न सकिने बताए ।

गुड नेवर्स इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा संगम म्याग्दीद्वारा संचालित एकिकृत सामुदायिक परियोजना अन्र्तगत फोकल शिक्षकहरुलाई २ दिने भित्तेपत्रिका सम्वन्धी तालिमको आयोजना पश्चात यो कार्यको शुरुवात भएको प्रधानाध्यापक श्री ओमकार पौडेलले बताए ।

 

Leave a Reply