अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मिलन सहकारीको स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

On: September 28, 2023 11:11 PM
Follow Us:

मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले आज बिहीबार विद्यालयमा कार्यक्रम आयोजना गरी आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी सहकारीले स्थापना दिवस मनाएको हो ।

जनकल्याण माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरु कक्षा ८ का दिप्सना हमाल, कक्षा ७ का सौगात खत्री, कक्षा ६ का भूपेन्द्र किसान र कक्षा ५ का दिपिका रामदामलाई क्याल्कुलेटर, कापीकलमलगायत पाँचहजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको मिलन महिला बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रम पुलाचौरका वडा सचिव रमेश पौडेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वडा सचिव पौडेल, विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य श्यामप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, प्रधानाध्यापक कमलप्रसाद पौडेल, मिलन सहकारीका सहसचिव हिरा जिसी बानियाँ, शिक्षा उपसमिति सदस्य सुनिता बानियाँसहित शेयर सदस्यहरुले वितरण गर्नुभएको थियो ।

कार्यक्रम विव्यस ज्येष्ठ सदस्य श्रेष्ठको अध्यक्षता, प्रअ पौडेलको स्वागत र सहायक प्रअ शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । गतवर्ष २०७९ साल असोज ११ गते आजैको दिन मिलन महिला बचत तथा ऋण सहकारी संस्था स्थापना भई सञ्चालनमा आएको हो ।