अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मंगलामा उत्कृष्ट विद्यार्थी र शिक्षक पुरस्कृत, सबैजसो विधामा दिपशिखा सम्मानित

On: September 29, 2023 10:46 AM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिकाले शैक्षिक सत्र २०७९ सालमा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । विद्यार्थीलाई प्रोत्साहन तथा शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

बिहिबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापकलाई पुरस्कृत गरिएको गाउँपालिका शिक्षा अधिकृत डिल्लीरमण सुबेदीले बताए ।

उनका अनुसार सामुदायिक विद्यालयतर्फ दिपशिखा माविका छात्र दिप्सन पुन, जेनी रोका र माध्यामिक विद्यालयतर्फ पालिकामै उत्कृष्ट ३.५५ जिपिए ल्याउने डनिङ आवासीय माविकी प्रतिमा फगामीलाई प्रति विद्यार्थी ५ हजार र सम्मानपत्रले गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले सम्मान गरेका थिए ।

त्यस्तै विषयगततर्फअंग्रेजीमा डा.नन्दबहादुर खत्री, नेपाली विषमा हरिकृष्ण उपाध्याय, गणितमा भद्रबहादुर घर्ती क्षत्री, विज्ञानतर्फ नारायण जिसी, सामाजिक तर्फ ससीभुषण यादव,स्वास्थ्य तथा जनसंख्या वातावरण विषयमा बेलबहादुर पुर्जा ऐच्छिक प्रथम गणिततर्फ भद्रबहादुर घर्ती क्षत्री, अर्थशास्त्र तर्फ धनबहादुर घर्ती, ऐच्छिक शिक्षातर्फ नविन भट्टराईलाई सम्मान गरिएको थियो ।

गाउँपालिकाले वितरण गरेको विषयगतर्फतका उत्कृष्ट विधाका शिक्षकहरू सबै शिक्षक दिपशिखा माविका हुन् । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षकलाई सम्मान गरिएको बताए । सम्मानको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलको स्वागत र शिक्षा अधिकृत सुबेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापक सहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। मंगला गाउँपालिकामा ९ सामुदायिक र १ संस्थागत विद्यालय रहेको छ ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।