पर्वतको कुस्मा नगरपालिका-७ मा रहेको तमादी खोलाले जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ड्राइभरले गाडी रोकेर ढुङ्गा पन्छाउने क्रममा माथिबाट आएको ढुङ्गा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । ‘भर्खरै बाटो खुल्दै छौँ । खोला ठूलो छ । जीप पनि भेटिएको छैन । जीपमा रहेका ३ जना पनि बेपत्ता हुनुहुन्छ । खोजी कार्य भइराखेको छ, उनले भने ।

Leave a Reply