म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको १४ औं अधिवेशनबाट दुर्गा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष गंगाराज बानियाँ, उपाध्यक्षमा मनिष गौचन, रिम भण्डारी, कुमार केसी, महिला उपाध्यक्ष देमा राना केसी,महासचिव दिनेश कार्की, सचिव सुनिल भण्डारी, कोषाध्यक्ष राहुल छन्त्याल,सह–कोषाध्यक्ष ज्ञानबहादुर छन्त्याल र महिला संयोजक संगिता गुरुङ रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा पुरन बानियाँ,अंकित शेरपुञ्जा, प्रेम भकारी, प्रकाश केसी, तिलक छन्त्याल, कविता गुरुङ, भावना मगर, देवी थापा, नारायण घर्ती मगर, अर्जुन खड्का, कविता गर्बुजा पुनलाई चयन गरेको छ । अधिवेशनका उद्घाटन गदैं मोना आइसी प्रमुख संरक्षक तथा निर्वतमान अध्यक्ष ओम नारायण जुग्जालीले सामाजिक गतिविधिलाई निरन्तरता दिदैं अब जिल्लामा सामुहिक लगानीलाई प्राथमिकता दिने बताए ।

उनले मोनामा आफ्नो कार्यकालमा बाढीपहिरो पीडितलाई ४० घर निर्माण, मोना लभ्ली हिल पदमार्ग सहित दर्जनभन्दा बढी दिर्घकालिन काम गरेको बताउँदै अवको दिनमा प्रवासी म्याग्देलीको सहभागितामा म्याग्दीमा लगानी गर्नुपर्ने बताए । उनले मोनामार्फत पर्यटन, जलविद्युत सहितका दिर्घकालिन योजनामा लगानीको आवश्यकता रहेको बताए ।

अधिवेशनको अवसरमा मोना कोरियामार्फत भएका गतिविधिका बारेमा जानकारी गराइएको थियो । अध्यक्ष सुनेश केसीको अध्यक्षता, मनिष गौचनको सञ्चालनमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष भण्डारीले संस्थागत गतिविधिलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाए ।

Leave a Reply