म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्तुगलको आठौँ महाधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका नर प्रसाद फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन, होमबहादुर छन्त्याल, सन्देश पुन, महिला उपाध्यक्ष टिका गर्बुजा, महासचिव तेजिन्द्र छन्त्याल, लोकबहादुर घर्तीमगर, मोहन बानियाँ रहेका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा कल्पना जुग्जाली, सह–कोषाध्यक्ष उत्तम थजाली, यूवा संयोजक भविन पुन, खेलकुद संयोजक इन्द्र रोका, सह-संयोजक निरार मल्ल, सांस्कृतिक संयोजक नरेन छन्त्याल, सह-संयोजक सिमा पुन, कार्यसमिति सदस्यहरूमा भिमप्रसाद रोका, कुजन पुन, राजुमान गर्बुजा, निलकुमारी फगामी, दिशान्त थापा, रमेश छन्त्याल,प्रवेश पुन, धनबहादुर मल्ल, हर्क गुरुङ, कविन पाइजा,केमसरा जुग्जाली, मनोज थापामगर रहेको छ ।

मोना पोर्तुगलको संरक्षकमा रविन पुन, सल्लाहकारहरुमा वकिल केसी, राजिन भण्डारी, धन थापा रहेको महासचिव तेजिन्द्र छन्त्यालले बताए । महाधिवेशनको उद्घाटन गदै पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले नेपाली संघसंस्थामार्फत धेरै रचनात्मक कार्यहरु भएको बताए । यूरोपमा देशहरुमा समस्यामा परेका नेपालीलाई आवश्यकता अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै मोना अन्तराष्ट्रियका निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले प्रवासमा रहेका म्याग्देलीहरूलाई एकजुट बनाएर समृद्ध म्याग्दीको अभियानमा लाग्ने बताए । उनले विश्वभर पुगेका म्याग्देलीलाई मोनाको सञ्जालमा आवद्ध बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

महाधिवेशनमा मेरो डान्स यूनिर्भसकी उपविजेता देवि गर्बुजा मगरको प्रस्तुतीसँगै सम्मान गरिएको थियो भने पुन रोका, अर्जुन सोनाम, सुवास पुन, मेखु घर्ती लगायतले सागितिक प्रस्तुती समेत दिएका थिए । यसैबीच नवनिर्वाचत अध्यक्ष फगामीले पोर्तुगलमा रहेका म्याग्देलीलाई मोनाको अभियानमा जोडिन अनुरोध गदैं संस्थामार्फत हुने सबै सहयोग गर्ने बताए।

Leave a Reply