चाडपर्वको मुखैमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य बस्तुको बिक्रीबितरण र कृतिम अभावले उपभोक्ता मारमा परेको भन्दै नेकपाको युवा संगठन नेपालले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ ।

संगठनका जिल्ला अध्यक्ष उज्जोल सीले म्याग्दीमा खाद्यान्न बस्तुहरु लुकाउई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा (२०%) भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकियाका अखाद्य बस्तुहरुको बिक्रीबितरण गर्ने कार्य भैरहेको भन्दै नियमित बजार अनुगमनको माग समेत गदैं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

संगठनका अध्यक्ष उज्जोललेजिल्लाभित्र भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रणमा क्षेत्रमा सरकारी निकायलाई सघाउने समेत प्रतिबद्धता जनाएको उनले बताए ।

चाडपर्वको ब्यथिति गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरि जनतालाई सहज वातावरण सृजना गर्न ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ । ज्ञापनपत्र बुझदै प्रजिअ पौडेलले नियमित अनुगमनसँगै कुनै गुनासो आएमा कारवाहीको प्रक्रियामा जाने बताए ।

Leave a Reply