म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरस्थित भानु माविमा शैक्षिक तथा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व पवद्यार्थी राजु किसानले स्वर्गीय पिता सोमबहादुर किसानको स्मृतिमा स्थापना गरेको १ लाखको अक्षय कोषबाट पुण्य तिथिको अवसरमा शिक्षकलाई डायरी, विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरिएको विद्यालयका निर्वतमान प्रअ भरत खत्रीले बताए ।

कोषका उपाध्यक्ष बुद्धबिर किसान र संस्थापक राजु किसानकी धर्मपत्नी मैयाँ किसानले प्रअ दिनेश बोगटीलाई करिब १० हजार ५ सय बराबरको सहयोग हस्तान्तरण गरेका थिए ।

हाल रोजगारको सिलसिलामा यूएईमा रहेका किसानले विद्यार्थीलाई शैक्षिक र खेलकुद साम्रागी नियमित वितरण गर्ने बताए। उनले विद्यालयमा स्थापना गरेको कोषलाई बृद्धि गर्ने बताए। विद्यालयमा विभिन्न ब्यक्तिले कोषको स्थापना गरेकाले सहज विपन्नहरुको शिक्षादीक्षमा सहज भएको बताइएको छ ।

Leave a Reply