मोना अन्तराष्ट्रियको कोषाध्यक्षमा कतारबाट नरेन्द्र फगामीको उम्मेदवारी दर्ता

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा कतारबाट नरेन्द्र फगामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

मोना कतारका निर्वतमान अध्यक्ष समेत रहेका फगामीले मंगलबार कतारबाट मोनाको सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।लामो समयदेखि कतारमा कार्यरत फगामी मोना अन्र्तराष्ट्रियका सदस्य समेत भएर काम गरिसकेका छन् भने मोना कतार बहुउदेश्यीय अक्षय कोषका सदस्य समेत हुन् ।

मोनाका गतिविधिमा निरन्तर सक्रिय रहेका फगामीले आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि विश्वभरबाट आउने प्रतिनिधिलाई सहयोगको अनुरोध समेत गरेका छन् ।

उम्मेदवारी दर्तापछि मोनालाई नयाँ उचाइमा पु¥याउन र सबै प्रवासी म्याग्देलीको अपनत्व हुने गरी संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताए । ‘मैले मोनालाई नजिकबाट चिनेको छु,‘मोनामार्फत सबै प्रवासी माझमा पुग्नुपर्छ, यो प्रवासी म्याग्देलीको साझा घर हो’फगामीले बेनीअनलाइनलाई भने ।

उनले मोना अन्तराष्ट्रियको सदस्यमा एक कार्यकाल विताएको र राष्ट्रिय कार्यकारी समितिको नेतृत्व गरेको अनुभवलाई पदाधिकारीमा बसेर काम गर्ने योजना रहेको बताए । उनले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध गराएर सामाजिकसँगै गृहजिल्लामा सम्भावना भएको क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

मोना कतारको संरक्षक एवम् मोना अन्तराष्ट्रियका निर्वतमान महासचिव बिक्रम कार्कीको प्रस्ताव र मोना कतारका अध्यक्ष राजु पौडेलको सर्मथन रहेको छ । मोना कतारले पदाधिकारीमा फगामीलाई संस्थागत उम्मेदवारको रुपमा अगाडी बढाएको जनाएको छ । मोनाका अन्य विभिन्न पदहरुमा मंगलबार राती १२ बजेसम्म मनोनयन दर्ता गर्ने समय रहेको जनाइएको छ ।

Previous articleपहिराे पन्छाएपछि बेनी–जोमसोम सडक खुल्याे, बेनी–दरबाङ सडक अझै अवरुद्ध
Next articleमोना अन्तर्राष्ट्रियको उपाध्यक्षमा यूकेबाट किसान जिसीको उम्मेदवारी दर्ता