म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको महासचिवमा दक्षिण कोरियाबाट सुनेश केसीले उम्मेदवारी दर्ता गरेका छन् । दक्षिण कोरियाको हान्कुक विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्धमा पिएडी अध्ययनरत केसीले आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा महासचिव पदमा मंगलबार मनोनयन दर्ता गराएका हुन् ।

मोना अन्तराष्ट्रियका सचिव एवम् मोना दक्षिण कोरियाका निर्वतमान अध्यक्ष केसीले सबल,सक्षम र जिल्लको सर्बागिन बिकासमा मोना को भूमिका लाइ थप उचाइमा पुर्याउन महासचिवमा उम्मेदवारी दिएको बताए ।‘मोनालाई विश्वभर छरिएका म्याग्देलीमाझ पुर्याउनु छ, यसपटक महासचिवमा उम्मेदवारी दिएको छु’ महासचिवका प्रत्यासी केसीले भने ।

उनले मोनामार्फत सामाजिक तथा लगानीमैत्री वातावरण बनाउन समेत आवश्यकता रहेको बताए । मोनाका अपुरा अभियानलाई समेत पूर्णता दिन यसपटक सहमितमै सर्वसम्मति नेतृत्व चयनको आवश्यकता रहेको समेत केसीको भनाई छ।

मोना दक्षिण कोरियाको सफल नेतृत्व गरेका केसीलाई महासचिवमा मोना कोरियाले नै अगाडी सारेकाले निर्विरोध चयन हुने सम्भावना छ । यसैबीच मोनाको मुख्य निर्वाचन अधिकृतको सचिवालयले बिहिबार उम्मेदवारी दिएकाहरुको नामावली सार्वजनिक गर्ने जनाएको छ । यसपटक अध्यक्ष बाहेकका अधिकांस पदमा निर्विरोध चयनको सम्भावना रहेको बताइएको छ ।

 

Leave a Reply