अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको घाम्ताङ्गमा एक ब्यक्तिको घर पुरिएको छ। दुई दिनदेखिको लगातारको बर्षासँगै घरमाथिबाट ढिस्को खसेर स्थानीय शेरबहादुर दर्जीको घरगोठ पूर्णरुपमा क्षती भएको बरंजाबाट दर्पण रोकाले बताए । उनका अनुसार पहिरोले गोठमा रहेका पशुचौपाया समेत मरेको बताए ।

पहिरो खस्न थालेपछि दर्जी सहित परिवार घरबाट निस्किएर सुरक्षित गन्तब्यमा लागेकाले मानवीय क्षती भएको छैन् । घर पहिरोले पूरिएपछि दर्जीको परिवार छिमेकीमा बसोबास गरिरहेको र आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोगको आवश्यकता रहेको प्रत्यक्षदर्जी दोर्जे घर्ती मगरले बताए ।

ढुङ्गामाटोले छाएको घर भत्किँदा पीडित दर्जी सहित ७ जना परिवारको बिचल्ली भएको छ ।  तत्कालै पहिरोले पूरिएको आसपासमा बस्ने अवस्था नभएकाले बैकल्पिक स्थानको पहिचान गरी त्रिपाल सहितको खाद्यान्न आवश्यकता रहेको बताइएको छ । सोमबार रातीदेखि लगातार भइरहेको बर्षाले म्याग्दीको जनजिवन प्रभावित भएको छ।

Leave a Reply