म्याग्दीको शैक्षिक धरोहर एवम प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित माउण्ट एभरेष्ट आवासीय माविमा दुई दिने बृहत स्वास्थ्य परीक्षणमा करिब ४९० जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।
विद्यालयका पूर्व विद्यार्थी एवम् हाल स्वास्थ्य क्षेत्रमा कार्यरतको सहकार्यमा बिद्यालयले गरेको स्वास्थ्य परीक्षणमा शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने विद्यार्थी, अभिभावक लगायतलाई निःशुल्क औषधी उपलब्ध गराइएको बिद्यालयका शैक्षिक निर्देशक राजु केसाले बताउनुभयो ।
बेनी अस्पतालमा समेत रहनुभएकी विद्यालयकी पूर्व विद्यार्थी डा.बिद्यादेवी बाँनियाको  नेतृत्वमा अर्थोपेडिक, जनरल तथा फेमिली मेडिसिन, ईन्टरनल मेडिसिन, स्त्री तथा प्रसुती, सर्जरी, बाल, छाला, नाक, कान, घाँटी, मुटु, आखाँ, ग्याष्ट्रिक,दिर्घकालिन दुखाई व्यवस्थापन, फिजियोथेरापी, विधाका विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा सेवा प्रदान गरिएको थियो ।
उक्त परीक्षण कार्यक्रम समापन समारोहमा संलग्न पूर्वविधार्थी एवम चिकित्सक डा. बाँनिया तथा डा. संगीत अधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो । सोही समापन कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक राजु केसीले उक्त शिविरमा बिद्यालयका उत्पादन एवम पूर्वविधार्थी डाक्टर शिविरमा सहभागी हुनुले विधार्थीमा उर्जा प्रदान गरेको बताएका थिए ।  कार्यक्रम आर्थिक निर्देशक रमेश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply