म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ रिसिनचौतारीका एक जना पुरुष पाँच दिनदेखि बेपत्ता भएका छन् । घरमा कोही नभएको समयमा असोज १४ गते साँझ करिब ५ बजे देखि सम्पर्कविहीन भएका ५२ बर्षिय बलबहादुर केसी अझै सम्पर्कमा छैनन् ।

पारिवारीक श्रोतका अनुसार मोबाईल फोन घरमै छोडेर गएका केसीलाई स्थानीय एक सुस्त मनः स्थिति भएकी महिलाले देखेको बताएपनि थप खोजीकार्य गर्दा फेला नपरेको बेपत्ता भएका केसीका आफन्त भिमसेन केसीले बताए । ‘खोजीकार्य भइरहेको छ,‘घरबाट निस्किएपछि सबैतिर खोजी गर्दा समेत भेटिनुभएको छैन’केसीले भने ।

उनलाई देख्ने वा फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिन हुन अनुरोध गरेका छन् । बेपत्ता केसीका आफन्तले हुलिया र तस्वीरसहित प्रहरीमा समेत खोजीकार्यका लागि निवेदन दिएका छन् । श्रीमती, एक छोराछोरी भएका केसी्र के कारणले घर छोडेर हिँडे भन्ने नखुलेको बताईएको छ ।

 

Leave a Reply