ताराखोला गाँउपालिका वडा नं ३ मनियौलमा बोलेरो जीप दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । पोखराबाट ताराखोला गाँउपालिका तर्फ जाँदै गरेको ग १ ज ६५४० नम्बरको जीप आज दिउसो करिब साढे ४ बजे ताराखोलाको मनियौलमा दुर्घटना हुदाँ जीपमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।

दुर्घटनामा ताराखोला गाँउपालिका वडा न ५ का १८ वर्षिय मिलन सापकोटा, ताराखोला गाँउपालिका वडा नं ४ दलानचौरका ४१ वर्षिय कमला खत्री, वडा नं २ अर्गलका ७० वर्षिय भिम बहादुर रोका, वडा नं ५ का ३५ वर्षिय मसिना परियार, वडा नं ५ दकदकेका ३६ वर्षिय, रबि परियार, १८ वर्षिय शुशिला परियार, ६१ वर्षिय श्री कुमारी दर्जी घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख थम्मनसिँह रानाले जानकारी दिए।

घाइतेहरुको गलकोट नगर अस्पताल हरिचौरमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये ताराखोला गाँउपालिका वडा नं ५ दकदकेका ६१ वर्षिय श्री कुमारी दर्जीको अवस्था सामान्य रहेको र अन्य घाइतेहरु पनि बोल्न सक्ने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

जीप चालक ताराखोला गाँउपालिका वडा नं ५ का ४६ वर्षिय चित्र बहादुर रोका पनि सकुशल रहेको प्रहरीले जनाएको छ ।जीप सडकबाट करिब ३० मिटर तल खोलामा खसेको इलाका प्रहरीले जनाएको छ । जीप रोकेर ओट राख्ने क्रममा ब्याक भएर सडकबाट खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply