नेकपा (एमाले) को प्रथम गण्डकी अधिवेशनमा अध्यक्ष पदमा म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिम निवासी नवराज शर्मा विजय भएका छन् । पोखरा सभागृहमा भएको निर्वाचनमा अध्यक्ष शर्माको प्यानलका अधिकांस विजय भएको बताइएको छ । मतगणनास्थलबाट म्याग्दीका विद्यार्थी नेता इश्वर सुबेदीका अनु्सार शर्मा प्यानलको पदाधिकारी सहति अधिकांस पदमा विजय भएको बताए ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिम निवासी शर्मा दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ बिजय भएका थिए। पूर्व जिविस सभापति समेत रहेका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङजाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्काेको उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवार थिए ।

गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारीले प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए भने लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मिना गुरुङ र अर्काेका उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दर्ता गरेका थिए। शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा (पीएस) गुरुङको साथसमर्थन रहेको छ भने अधिकारीलाई स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतका नेताहरूको साथ थियो ।

Leave a Reply