म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीको मितेरी यूवा क्लवको अध्यक्षमा हिमाल गुरूङ चयन भएका छन् । गाउँको खेलकुद, विकास निर्माण तथा सामाजिक कार्यमा सक्रिय यूवा क्लवको चौथो अधिवेशनबाट उपाध्यक्षमा सुरेश घर्तिमिरे,सचिव विकास गुरुङ, कोषाध्यक्ष थककुमार  पु्न, सहसचिव प्रकाश रोका रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा खिमकुमारी गुरुङ, विनिशा घर्ती, अर्जुन विक,सविन विक, कुमप्रसाद रोका, नविन थापा रहेका छन्। अधिवेशनबाट क्लब सल्लाकारमा संस्थापक अध्यक्ष राजु जुग्जाली,अनिल रोका,बुल प्रसाद रोका,छर देबि घर्तीलाई चयन गरिएको छ । अधिवेशनबाट निर्वतमान अध्यक्ष योगेन्द्र रोकाले पदभार हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचत अध्यक्ष गुरुङले क्लवमार्फत गाउँघरमा आयोजित हरेक समस्यामा सहयोगी र आवश्यकता अनुसारको सहयोगलाई निरन्तरता दिने बताए । यसैबीच क्लव र जनहित आमा समुहले धौवलागिरी गाउँपालिका वडा मच्छिम निबासी मृगौला पीडित कलिमान सुनारलाई ६ हजार आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply