यूरोपेली मुलुक बेज्जियममा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन भएका छन् ।

आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमिरे,वरिष्ठ उपाध्यक्ष ज्ञान रकाल,उपाध्यक्ष कृष्ण सुनार,महिला उपाध्यक्ष ज्ञान बरुवाल,महासचिव रामचन्द्र थापा मगर ,कोषाध्यक्ष बिनु थापा (रोका),सचिव सुदिप शेरपुञ्जा ,सहकोषाध्यक्ष दिपक भण्डारी,सदस्य (युवा तथा खेलकुद विभाग)संयोजक किरण शाही,सदस्य (महिला तथा सांस्कृतिक विभाग संयोजक) देबी गर्बुजा रहेका छन् ।

महाधिवेशनबाट सदस्यहरु सुमित शाही भुबन आचार्य,माईकलन पुन र धुनु जिसी रहेका छन् । रोजगार, ब्यापार लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्देलीको हकहित तथा म्याग्दीमा शिक्षा, स्वास्थ्य, लगायतका सामाजिक कार्यमा सहयोग गदैं आइरहेको मोना बेल्जियमले बहिरा र दृष्टिविहिन बालबालिकासँगै आर्थिक अभावका कारण उपचारमा समस्या भएकालाई निरन्तर सहयोग गर्ने गरेको छ ।

महाधिवेशनमा पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठको संयोजकत्व, पुर्व अध्यक्षहरु घनश्याम शाही र योगेन्द्र बिकको सदस्यतामा निवार्चन कमिटि गठन गरिएको थियो । नवनिर्वाचत अध्यक्ष थापाले आफ्नो कार्यकालमा विगतका गतिविधिलाई निरन्तरता र थप आवश्यकता अनुसार कार्यक्रम तय गर्ने बताए । उनले रचनात्मक सहयोगका लागि आभार समेत प्रकट गरे ।

Leave a Reply