जिल्ला खेलकुद विकास समितिलाई करिब ५० हजार बराबरको शाररीक ब्यायम साम्रागी हस्तान्तरण गरिएको छ । मंगलबार कर्बड हलमा आयोजित एक कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ र बेनी नगरपालिका ब्याडमेन्टिन संघले खेलाडीलाई नियमित अभ्यासमा सहयोग पुग्ने ४५ हजारभन्दा बढीको ब्यायम सामग्रि सहयोग गरेको हो ।

बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी, वडा सदस्यहरू विश्वास श्रेष्ठ, रमेश फगामी, ब्याडमेन्टिन संघ म्याग्दीका अध्यक्ष हिमालय कार्की, बेनी नगरपालिका ब्याडमेन्टिन संघका अध्यक्ष सञ्जन शाक्यले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलाई साम्रागी हस्तान्तरण गरेका थिए ।

नियमित खेलजन्य गतिविधिमा सहभागी खेलाडीले शारीरिक ब्यायम समेत आवश्यकता रहेकाले सहयोग गरिएको बेनी नगर ब्याडमेन्टिन संघका अध्यक्ष शाक्यले जानकारी दिए । उनले ब्याडमेन्टिन प्रतियोगिता बाहेक खेलकुद क्षेत्रमा विभिन्न गतिविधिमा समेत सहयोग र सहभागीता जनाउने गरेको बताए ।

यसैबीच जिल्ला खेलदकुद विकास समितिका अध्यक्ष केसीले सहयोगले खेलाडीलाई ब्यायममा सहज हुने बताए । उनले पूर्वाधार जुटाउन सकेमा खेलकुद विकास समितिले खेलाडीलाई ब्यायमशाला समेत सञ्चालन गर्ने योजना रहेको बताए ।

Leave a Reply