अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

On: October 10, 2023 10:13 PM
Follow Us:
---Advertisement---

इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलबार साँझ म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक बेनीमा दीप प्रज्वलन गरिएको छ ।

लायन्स क्लव अफ बेनी महारानीको आयोजनामा बेनीमा सक्रिय अन्य लायन्स क्लवहरुको समेत सहभागीतामा आयोजित दीप प्रज्वलनमा बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, लायन्स अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालका सिनियर एवजी, खम थापा, एवजी संगीता श्रेष्ठ,पिआरओ रन्जिता भट्टचन, जोन चियरपर्सन प्रमिला जोशी श्रेष्ठ, राजु कँडेल, बेनीमा सक्रिय रहेका लायन्स क्लवका अध्यक्ष सहितको उपस्थिती रहेको थियो ।

हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो । दीप प्रज्वलनमामा सहभागीलाई क्लवकी अध्यक्ष जुन उदाश श्रेष्ठले धन्यवाद ज्ञापन गदैं दीप प्रज्वलनमा सहभागीहरूले इजरायल र गाजामा शान्तिको कामना गर्नुभएको थियो ।