अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सुन तस्करी प्रकरणमा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर

By नागरिक
On: October 11, 2023 12:11 PM
Follow Us:
---Advertisement---

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुलमहरा सहित चार जनाविरूद्ध मुद्दा  दर्ता भएको छ।

बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

सिआइबीकाे  सिफारिस अनुसार सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको प्रवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए।

राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिआइबीले राय दिएको हो। भियना होटलका मालिक दावा छिरिङ भने हाल राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेकाले पुर्पक्षका लागि थुनामा छन्।

सिआइबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ। भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गर्न पनि सिआइबीले सुझाएको छ। २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिक ली हासोङको योजनामा भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भेटिएको थियो।

नागरिक