म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजनामा प्रथम मोना कप पालिका स्तरीय पहिला तथा पुरुष भलिबल प्रतियोगिता बेनीमा सुरु भएको छ ।

प्रतियोगिताको बुधवार विहान मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अमर छन्त्याल र महासचिव हरि राम्जालीले उद्घाटन गरे । उद्घाटन पश्चात आयोजित पहिलो खेलमा रघुगंगा गाउँपालिका विजयी भएको छ । अन्नपूर्ण गाउँपालिकालाई रघुगंगाले २–३ सेटमा खेल जितेको हो ।

दुई दुई सेट बराबरीमा खेलेको अन्नपूर्णले अन्तिम सेट गुमाउदा खेलमा पराजित हुन पुग्यो । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार, सान्त्वना पुरस्कार २० हजार रहेको छ ।

उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन ।प्रतियोगिताको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालले जिल्लाका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरेको बताए । जिल्लाको कला, संस्कृति र खेलकुदको विकासमा मोनाले विभिन्न गतिविधिहरु निरन्तर संचालन गर्ने अध्यक्ष छन्त्यालले बताए ।

जिल्लाका ६ वटै पालिकाबाट महिला तथा पुरुष भलिबल टिम सहभागी भएका छन । भोली फाईनल मात्रै संचालन गर्ने गरि सवै खेलहरु आजै खेलाईने खेल तालिका रहेको प्रतियोगिताको प्राविधिक सहयोगमा रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

उद्घाटन समारोहमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुन, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाजिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको विशेष उपस्थिति रहेको थियो ।मोना अन्तराष्ट्रियको पाँचौँ महाधिवेशनको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । त्यस्तै बेनी लभ्लिहिल मिनी म्याराथुन दौड प्रतियोगिता पनि असोज २६ गते विहान संचालन हुनेछ । महाधिवेशनको मुल समारोह असोज २६ गते विहान ११ बजेदेखि बेनीको खुल्लामञ्चमा आयोजना हुने कार्यक्रम छ ।

Leave a Reply