म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषले म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी जिल्ला अस्पतालको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । मोना कतार, मोना जापान, मोना यूएई, मोना क्रोएसियासँगको सह आयोजनासहित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कोषले जनाएको छ ।

कोषका अध्यक्ष विक्रम कार्कीले मध्यान्ह दैनिकसँग कुरा गर्दै परोपकारी कार्यका लागी स्थापित कोषको मानवीय तथा परोपकारी कार्यमा सबै म्याग्देली तथा गैर म्याग्दीलेले साथ दिने विश्वास व्यक्त गरे ।  बिहीबार बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन हुने उक्त रक्तदान कार्यक्रमलाई सफल बनाउन कार्कीले सबैलाई आग्रहसमेत गर्दै कार्यक्रमको तयारी पूरा भएको जनाएका छन् । रक्तदान कार्यक्रममा मोनाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बेनी पुगेका प्रवासी म्याग्देलीहरुले पनि सहभागिता जनाउने भएका छन् ।

विक्रम संवत् २०७९ साल माघ २७ गते जिल्ला प्रशासन कार्यालय म्याग्दी बेनीमा संस्था दर्ता एन २०३४ को दफा ४ बमोजिम दर्ता गरी सञ्चालनमा आएको अक्षयकोष गैर सरकारी तथा गैर नाफामूलक सामाजिक संस्था हो l

Leave a Reply