---Advertisement---

प्रवासीको आयोजनामा भएको रक्तदानमा २० पिन्ट रगत संकलन, रक्तदातालाई ढाका टोपी वितरण

On: October 12, 2023 3:10 PM
Follow Us:

प्रवासमा रहेका म्याग्देलीले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ ।

सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बिहिबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले पहिलो रक्तदाता मोना कतारका प्रमुख संरक्षक नरेन्द्र फगामीलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग उपलव्ध गराएको रक्तmदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सुरत केसीले रक्तदातालाई निरन्तर रक्तदान गर्न प्ररेणाका कारण म्याग्दीमा रगत अभावकै कारण कसैको ज्यान जाने अवस्था नरहेको बताए । उनले बेनी अस्पतालमा उपचारार्थ बिरामी बाहेक संकलित रगत पोखराका अस्पतालसम्म पुग्ने गरेको बताए।

कार्यक्रममा मोना अन्तराष्ट्रियका अध्यक्ष, अम्मर छन्न्त्याल, मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन,बरिष्ठ उपाध्यक्ष ददिवल खड्का, प्रमुख संरक्षक ओमनारायण जुग्जाली, प्रमुख सल्लाहकार मिम पूर्जा, नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखा सभापति अमर बानियाँले प्रवासीम्याग्देलीको अगुवाईमा भएको रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेको बताएका थिए ।

सोही अवसरमा कतारबाट म्याग्दी फर्किएका म्याग्देलीलाई सीप तथा समस्यामा परेकालाई उद्धार सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्न स्थापित कोष बृद्धिमा अष्टिे«लियाबाट हरि राम्जाली १ लाख,जापानबाट विबेक खड्काले २ लाख, राम खड्का २ लाख,मोना कतारका पूर्व अध्यक्ष ई. नन्द गर्बुजा १ लाख, मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ १ लाख सहयोग गरी संरक्षक सदस्य र सुवोध बरुवालले ५ हजार ५५५ प्रदान गरी आजिवन सदस्यता लिएका थिए।

विभिन्न संघसंस्थाबाट करिब डेढ सयको हाराहारीमा सहभागिता रहेको थियो । रक्तदान जस्तो पवित्र कार्यक्रम लगायतका गतिविधिका माध्यमबाट समाजलाई हित हुने कार्यमा सदैव योगदान हुने कोषले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागीलाई ढाका टोपी र सम्मानपत्र वितरण गरिएको थियो ।

मोना कतार, मोना यूएई, मोना क्रोयसियाको सह–आयोजना रहेको रक्तदान कार्यक्रमको अध्यक्षत कोषका अध्यक्ष कार्की, स्वागत मोना कतारका अध्यक्ष राजु पौडेल र सञ्चालन कोषका सदस्य हरिकृष्ण गौतमले गरेका थिए ।