---Advertisement---

प्रवासी म्याग्देलीको पाँचौ महाधिवेशन सुरू

On: October 13, 2023 11:08 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ। ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो ।

खुल्लामञ्चमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले (खम्बीर) गर्नुभएको हो ।

मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान रहदै आएको छ। महाधिवेशनमा २८ देशबाट प्रतिनिधि उपस्थित भएका छन् । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ ।

मोनाका अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री रेशम जुग्जाली, संविधासभा सदस्य थममाया थापा, रेशम बानियाँ, प्रदेशसदस्यद्वाय हरीभण्डारी र विमला गौचन लगायतको उपस्थित रहेको छ ।

उद्घाटन कार्यक्रममा चिमखोलाको थालीनाचँ प्रस्तुत गरिएको थियो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाले जनाएको छ । आगमी नेतृत्वको दावी गर्दै मोना समितिका बरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेद्वारी दर्ता भएको छ ।

खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्छन।सबल, साझा र एकताबद्ध मोना बनाएर जन्म्भूमि म्याग्दी र कर्मभूमीमा समेत परिणाममुखी काम गर्न सकेमा प्रवासमा रहेका सबै म्याग्देलीहरू मोनामा आवद्ध हुने वातावरण बनाउन दुबै उम्मेदवारले आफ्नो दावी प्रस्तुत गरेका छन् ।

अधिवेशनकै अवसरमा बेनीमा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिता समेत आज सम्पन्न भएको छ । विश्वका २८ राष्ट्रहरुमा मोना राष्ट्रिय कार्यकारी समिति गठन भई २० हजारको हाराहारीमा रहेका छन् ।