म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन समारोहको झलक । ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । खुल्लामञ्चमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले (खम्बीर) गर्नुभएको थियो ।

मोना आईसीसीको जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपूणर् योगदान रहदै आएको छ। महाधिवेशनमा २८ देशबाट प्रतिनिधि उपस्थित भएका छन् । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ ।

मोनाका अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री रेशम जुग्जाली, संविधासभा सदस्य थममाया थापा, रेशम बानियाँ, प्रदेशसदस्यद्वाय हरीभण्डारी र विमला गौचन लगायतको उपस्थित रहेको छ ।

उद्घाटन कार्यक्रममा चिमखोलाको थालीनाचँ प्रस्तुत गरिएको थियो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाले जनाएको छ । आगमी नेतृत्वको दावी गर्दै मोना समितिका बरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेद्वारी दर्ता भएको छ ।

Leave a Reply