अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आर्थिक अभावले दुई वर्षदेखि रोग पालेर बस्न बाध्य

On: October 14, 2023 12:34 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको खबराका ६९ वर्षिय एक बृद्ध आर्थिक अभावका कारण दुई वर्षदेखि रोग पालेर बस्न बाध्य हुनुभएको छ ।

खबराको बिराहचौरका बेल बहादुर कुवँर दुवै खुट्टाको घुडाको हड्डी खिइएर हिड्न समेत नसक्ने अवस्थामा हुनुहुन्छ । विगत दुई वर्षदेखि यस्तो रोगको शिकार बन्नुभएका कुवँरसँग उपचार गर्नका लागि पैसा नहुँदा उहाँ यस्तो अवस्थामा पुग्नुभएको हो।

अत्यन्त कमजोर आर्थिक अवस्थाका कुवँर दुई वर्ष अगाडी पोखरा स्थित गण्डकी अस्पतालमा उपचारका लागि जानुभएको थियो । चिकित्सकले घुँडाको हड्डी खिइएकोले त्यसको अप्रेसन गरेर फेर्नु पर्ने र रु १२ लाख भन्दा बढी खर्च लाग्ने भनेपछि फर्केर घरमै बस्न थालेको उहाँले बताउनुभयो ।

“म ठिक हुँदा अरुलाइ पनि सहयोग गर्ने गर्थेँ तर आफै यस्तो हुँदा ठिकै छ भनेर बसेको छु, कही कतैबाट केही भए त कम्तीमा उपचार गर्न पाए सहज जीन्दगी जिउन सहज हुने थियो होला तर आफूसँग पैसा छैन कसरी उपचार गरौं” – उहाँले भन्नुभयो ।

सामान्य आर्थिक अवस्था भएका बेलबहादुर कुँबरको बायाँ आँखाको दृष्टि समेत गुमेको छ भने दायाँ आँखाले अलिक थोरै मात्रै देख्ने गरेको छिमेकी घनश्याम सापकोटाले बताउनुभयो ।

बेलबहादुरकी श्रीमती देवीकलाको पनि बायाँ आँखाले अलिअलि देख्ने गरेको भए पनि दायाँ आँखाले भने केही पनि देख्दैन । गाउँ घरमा केही लिन भनेर निस्की भने जाने भनेको एकातिर हुन्छ अर्कै तिर पुग्ने गरेको सापकोटाले सुनाउनुभयो ।

श्रीमान श्रीमती नै आँखाको समस्याबाट पिडीत भएको परिवारमा श्रीमानको गोडाले सताउन थालेपछि कुँबर परिवारलाई हात मुख जोर्न समेत कठिन भएको छ । उपचार गर्ने तर्फ त सोच्नु हुन्थ्यो नि अहिले के खाने होला भन्ने सम्मको समस्या भएको छ देवीको भनाई छ ।

कुबर दम्पतीका एक छोरा र दुई छोरी रहेकोमा सबैको बिबाह भै सकेको छ । ‘२४ वर्षिय छोराले पोखरा तिर काम गर्छ तर घरमा कहिल्यै आर्थिक सहयोग गरेको मलाई थाहा छैन’ छिमेकी गणेशबहादुर सापकोटाले सुनाउनुभयो । ‘केही पर्दा नजिकै म छु, सामान्य हेरचाह गर्ने गरेको छु, पिडामा छन् आर्थिक अभाव छ कसरी उपचार गरुन, समस्या छ,’- सापकोटाले भन्नुभयाे ।