गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप–संयोजक पदमा आगामी कार्यकाल (२०२३–०२५)को लागि बेनी नगरपालिका वडा नं ९ गलेश्वरका दिपक कार्कीले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।

एनआरएनए एसिया प्यासिफिक उप–संयोजक (डीआरसी) पदको लागि जापानबाट उम्मेदवारी दिने युवा ब्यवसायी, समाजसेवी दिपक केसीले घोषणा गर्नु भएको हो। जापानको नागोया शहरमा व्यवसायी गरिरहनु भएका केसीले एनआरएनए एसिया प्यासिफिक उप–संयोजक पदमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

जापानमा रहेका नेपालीलाई दुखसुखमा साथ दिने कार्की एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समितिको जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत लिएका केसी हाल एनआरएनए आईसीसी सदस्य हुन । मोना जापानको पूर्वअध्यक्ष,मोना एसीया संयोजक, मोनाको पाँचौ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित कार्की जापानमा समस्यामा परेका म्याग्देलीलाई सहयोग गर्ने गर्दछन् ।

जापान रोटरी सद्स्य, जापानको एक दर्जन संघ–संस्थाको संरक्षक, सल्लाहकारको भूमिकामा रहेका केसी जापानमा गरीब दुखी बिरामी हरेक कुरामा अग्रपन्तीमा रहेर सहयोग गर्दै आएको छ। गैरआवासीय नेपालीकोहरुको अधिकार र ब्यवसायी क्षेत्रमा पनि सफल हुँदै आउनु भएका केसीले नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक एनआरएनए एसिया प्यासिफिक उप–संयोजक पदको नेतृत्वमा आउन लागेको बताउनु भएको छ।

Leave a Reply