अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाधिबेशन पर्वतको जलजलामा सम्पन्न भएको छ । महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै जलजला घोषणापत्र जारी गर्दै महाधिवेशन सम्पन्नभएको हो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाधिबेशनको उद्घाटन गर्नुभयो ।

उहाँले बिदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशको विकासमा खर्चिन गैह्र आवासीय नेपालीलाई आव्हान गर्नुभयो । पाण्डेले स्वदेशमा लगानीका लागि सरकारले उचित वातावारण तयार गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश सरकारले विदेशमा सिकेको सीप र पूजिँ लाई स्वदेशमा लगानी गर्नेहरुलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले विदेश जानेहरुले स्वदेशको माया मार्ने गरेको बताउँदै पर्वतबाट विभिन्न देशमा पुगेका यूवाहरुले भने जिल्लाको विकासका योजना सहित संस्था स्थापना गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। पाण्डेले गण्डकी प्रदेशमा पर्यटन, उर्जा, कृषि तथा उद्योग विकासका धेरै संभावना रहेकोले यस क्षेत्रमा लगानी गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय एवं संविधासभाका सदस्य अर्जुनप्रसाद जोशीले देशको विकास र समृद्धिमा गैह्र आवासीय नेपालीहरुले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । पर्वत जिल्ला विकास सुचाकांकमा ८ औँ स्थानमा रहेको भन्दै जोशीले यसमा गैह्र आवासीय नेपालीहरुको योगदान लाई विशेष रुपमा लिएको बताउनुभयो । पर्वतको विकासमा सबैले हातेमालो गर्न जोशीले आव्हान गर्नुभयो ।

कार्यक्रममा संविधासभाका सदस्य विकास लम्साल, कल्पना चापागाई, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेसका पूर्व सभापति नवराज गुरुङ र खिमप्रसाद भुसाल, गैह्र आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेशकुमार श्रेष्ठ , अन्तराष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष पुरन गिरी, प्रदेश सभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बोल्नुभएको थियो ।

यस्तै पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, विहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङ, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, फलेवास नगरपालिकाका निवर्तमान मेयर पदमपाणी शर्मा, पर्वत समाज बेल्जियमका पूर्व अध्य्रक्ष भीम जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

शर्मा हाल स्विटरजरल्याण्डमा बसोबास गर्नुहुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ । बरिस्ठ उपाध्यक्षमा दधी आचार्य (बेलायत), उपाध्यक्षहरुमा क्रमश ः श्री बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (युएई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा संगिता कार्की कुँवर (दक्षिण कोरिया), चयन हुनुभएको छ ।

महासचिवमा प्रकाश पौडेल (बेल्जियम) चयन हुनुभयो । सचिवमा क्रमश कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (वेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) रहनुभएको छ । कोषाध्यक्षमा तिलक सापकोटा (युएई ), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका सम्योजकमा रबिन शर्मा चुनिनुभएको छ ।

समाजको सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी (जापान), सेवक वि.क. (कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) रहनुभएको छ ।

Leave a Reply