म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले बेनीबजार सरसफाई सहित सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। सार्वजनीक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन गरेर बेनी नगरपालिकाको ट्याक्टर मार्फत व्यवस्थापन गरिएको विद्यालयका सहायक प्रअ भिम घर्तीमगरले बताए ।

विद्यार्थीमार्फत समुदायस्तरमा सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रमलाई जगाउन बेनीबजारमा फोहोर संकलन गरिएको सहायक प्रअ घर्तीमगरले बताए ।

विद्यालयका करिब १ सय विद्यार्थीले वातावरण संरक्षण, स्वच्छ सरसफाई तथा प्रदुषण निराकण गर्न आगामी दिनमा समेत सरसफाई अभियान सञ्चालन गर्ने अर्का सहायक प्रअ काशिराम रेग्मीले बताए ।

कार्यक्रममा विद्यार्थीसंगै शिक्षक शिक्षिकाको समेत सहभागिता रहेको थियो । यसैबीच सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो ।

सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा एथेटिक्स तर्फ १००, २००, ४०० सय, महिला छात्रछात्रा भलिबल, छात्रछात्रा फुटसल, शिक्षक र अभिभावक विचको भलिबल लगायतका दर्जनको हाराहारीमा प्रतियोगितालगायत विविध खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

खेलकुदको विभिन्न विधाअन्तर्गत प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट हुने प्रतियोगी विद्यार्थीहरुलाई बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply