म्याग्दीका सबै स्थानीय तहमा फुटबल संघ गठन गरिने भएको छ । जिल्लाका ६ वटै स्थानीय तहमा रहेका फुटबल खेलाडीको पहिचान गर्ने उदेश्यले सुरु भएको अभियान अन्तरगत सोमबार बेनी नगरपालिकामा फुटबल संघ गठन गरिएको हो ।

नगरपालिकाको सभाहलमा सम्पन्न भएको भेलाबाट देबेन्द्र चोखालको अध्यक्ष,उपाध्यक्ष अञ्जन पुन मगर,सचिव उपेन्द्र गिरी,कोषाध्यक्ष निलम थजालीलाई चयन गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा अरुणा पुन,सिन्दु शेरपुञ्जा,कमल घर्ती,अनिल रिजाल,सोनाम लामा,अभिशेषक पुन र समिर हमाल रहेको जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले बताए ।

‘पालिकास्तरमा फुटबल संघको विस्तारसँगै प्रतिभाको खोजीमा समेत जुट्छौ,‘अब परिणाम देखिने गरी फुटबल खेलजन्य गतिविधि हुन्छ’ अध्यक्ष बानियाँले भने ।

मेयर सुरत केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतको उपस्थिती रहेको थियो। दशैंअगाडी मंगला र मालिका गाउँपालिकामा गठन गरिने र बाँकी पालिकाहरूमा समेत एक महिनाभित्र समिति गठन गर्ने अध्यक्ष बानियाँले बताए ।

म्याग्दीबाट एन्फाको मान्यता प्राप्त गर्न हाल मापदण्ड अनु्सारको खेलमैदान नभएपनि अन्य आवश्यक प्रक्रियाहरु पूरा गरी खुल्लामञ्चको विस्तार सम्पन्न भएसँगै पूर्वाधार समेत पुग्ने भएकाले फुटबल संघले क्लवहरुसँगको सम्बन्धलाई नजिक बनाएको छ । फुटबलजन्य गतिविधिमा संलग्न क्लवहरुको नविकरण सहित संस्थागत गतिविधिमा समेत संघले सघाउने जनाइएको छ ।

Leave a Reply