पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा पालिकास्तरीय संघ गठन भएको छ । मंगलबार बावियाचौरमा आयोजित एक भेलाले प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको हो । समितिको उपाध्यक्ष उपाध्यक्ष क्षितिज खड्का, सचिव निशान थापा, कोषाध्यक्ष सरिता बुढालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा शिशिर केसी, प्रितिस जिसी, राजेश पौडेल, जोयल छन्त्याल, विक्कल ठकुरी, अभिषेक नेपाली, रुपेश रोका, निकिता ठकुरी, विकेक विक, धु्रब कार्की र मिलन भट्टचन रहेको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बताए ।

भेलामा गाउँपालिका उ्रपाध्यक्ष पे्रमकुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर रोका, वडा नं ५ का अध्यक्ष भुपेन्द्रबहादुर केसी, कार्यपालिका सदस्य शंकर शेरचन, विष्णु केसी लगायतको उपस्थिती रहेको थियो ।

भेलाका प्रमुख अतिथि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले फुटबलप्रेमीलाई आवश्यक पर्ने खेलमैदान तथा खेल सञ्चालनका लागि आवश्यक प्रोत्साहन गर्ने बताए । उनले जिल्लास्तरीय फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेलमैदान बनाउने र उत्कृष्ट खेलाडीलाई जिल्ला बाहिर खेल्न हौसला प्रदान गरिने बताए । म्याग्दीको ग्रामिण क्षेत्रमा फुटबल खेलमा संलग्न खेलाडीहरूलाई संगठित गर्ने उदेश्यले जिल्लाका सबै स्थानीय तहमा संघ गठनलाई तिब्रता दिइएको फुटबल संंघका अध्यक्ष बानियाँले जानकारी दिए ।

Leave a Reply