---Advertisement---

दरबाङमा दशैंको शुभकामना आदान प्रदान

On: October 17, 2023 7:17 PM
Follow Us:

म्याग्दीको दरबाङ स्थित पश्चिम म्याग्दी दरबाङ युथ क्लवले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार बिहान क्लवका पदाधिकारी तथा दरवाङ स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको क्लवका सचिव बिमल शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,विभिन्न टोल सुधार समितिका अध्यक्ष तथा पदाधिकारी,क्लवका सम्पूर्ण पदाधिकारी,इलाका प्रहरी कार्यालय दरबाङका प्रमुख अशोक कुमार झा,क्लवका संस्थापक एवम् हाल सल्लाहाकार हिराबहादुर पुन, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी लगाएतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हाम्रो समाजको अभियान : सभ्य समाजको आवश्यकता भन्ने स्लोगन सहित सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको क्लवले समाजमा जनचेतनामूलक कामहरु समेत गर्दै आएको सचिव शर्माले बताउनुभयो । कार्यक्रम क्लवका अध्यक्ष खिम पुनको अध्यक्षता र सचिव विमल शर्माको संचालनमा सम्पन्न भएको थियो ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।