म्याग्दीको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले बृहत् खेलकुद कार्यक्रम समापन भएको छ । खेल प्रतिभा सहित अन्य विभिन्न क्षेत्रमा विद्यार्थीको क्षमता पहिचान र अन्तर माविस्तरीय प्रतियोगितामा समेत सघाउन पुग्ने गरी विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिएको थियो ।

विद्यालयले कक्षा ६–१२ तर्फ कबड्डी, भलिबल र एत्लेथिक्स,आधारभूत तह १–५ तर्फ हिसाब दौड, चम्चा दौड, म्यूजिकल चिएर, बेलुन फुटाई, १०० मिटर दौड र अन्धनिशासका साथै अभिभावक तर्फ भलिबल र अन्धनिसान खेल भएको खेलकुद संयोजक प्रकाश सुबेदीले बताए ।

उक्त प्रतियोगितामा आधारभूत तर्फका बिजेताहरुलाई जिन्सी र ६–१२ तर्फ मेडल र प्रमाणपत्र भने अभिभावक भलिबलमा नेपाने समूहलाई नगद ४ हजार,मेडल प्रमाण पत्र साथै द्दितीय अर्थुङ्गे समूहलाई मेडल र प्रमाणपत्र वितरण गरिएको शिक्षक गणेश केसीले बताए । उनका अनुसार खेलकुद सप्ताहमा अभिभावकतर्फ अन्धनिसानमा प्रथम मिना थापा र द्धितिय प्रतिभा शर्मालाई आकर्षक जिन्सी प्रदान गरिएको थियो ।

सप्ताह अन्तरगत अंकको आधारमा रातो सदन उत्कृष्ट, कबड्डिमा उत्कृष्ट खेलाडी किरण सुनार र सोनु मल्ल, भलिबलमा दिनेश बानिया, एत्लेथिक्स तर्फ रासिका किसान र गणेश शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विव्यस अध्यक्ष यादब सुवेदी, शिअ संघ अध्यक्ष बुद्दी प्रसाद शर्मा, बिव्यस सदस्य सुदर बानियाँले पुरस्कार वितरण गरेका थिए भने सभापति प्रअ सोमनाथ ढुङ्गाना,स्वागत मनतव्य सहायक प्रअ मोहन प्रसाद सुवेदी र सञ्चालन खेल संयोजक प्रकाश सुवेदीले गरेका थिए । म्याग्दीमा सामुदायिक विद्यालयतर्फ एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयभित्र पर्ने जामुनाखर्कले जिल्लामै पहिलो पटक शैक्षिक महोत्सव आयोजना गरेको थियो ।

Leave a Reply