जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो ।

उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । बेनीमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको प्रहरी दिवसको समारोहमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल मार्फत डिएसपी कुँवरलाई प्रदेश प्रहरी कार्यालयले पठाएको प्रसंसा पत्र प्रदान गरिएको थियो ।

गत बर्षको माघ महिनामा म्याग्दीमा सरुवा भएर आएका कुँवरले बिभिन्न विधामा सुरक्षा व्यवस्थापनमा सम्पादित कार्यहरु अपराध नियन्त्रण तथा अनुसन्धान प्रहरी कार्य प्रशासनिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनिकरण सामुदायिक साझेदारी,लघु सचेतना कार्यक्रम संचालन लगायत विभिन्न मुद्धामा अदालतबाट कैद सजाय तथा दण्ड जरिवाना तोकिएका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश लगायत समुदायस्तरमा प्रहरीको सम्बन्ध स्थापितमा खेलेको भूमिकाको प्रदेश प्रहरी कार्यालय पोखराको कार्य सम्पादन मुल्याङ्कनमा सर्वोउत्कृष्ट भएको उल्लेख छ।

प्रनाउ कुँवरले म्याग्दीमा बढ्दो आत्महत्याको घटनालाई न्यूनिकरण गर्न सबै बस्तीसम्म प्रहरीको यूनिट परिचालन, हरेक बस्तीमा प्रहरीको घुम्ती सेवा लगायतका कार्यक्रमलाई समेत प्रदेश प्रहरीले अन्य जिल्लालाई समेत कार्यान्वयनमा जोड दिएको छ । गण्डकी प्रदेशमै उत्कृष्ट कार्यालय प्रमुख भएका प्रनाउ कुँवरले सम्मानले थप जिम्मेबारी थपिएको बताए ।

‘समुदायसँग मिलेर अपराध न्यूनिकरणमा नयाँ कार्यक्रमहरु सञ्चालन भइरहेको छ,‘हरेक नागरिकले सहयोग गरेमात्रै सभ्य समाज बनाउने अभियान सफल हुन्छ’ प्रनाउ कुँवरले भने ।

यसैबीच मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन् । शेरचनले बेनी जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रुलाई गन्तब्यमा लैजाने र सडक खुलाउन निरन्तर सक्रिय छन् ।

 

Leave a Reply