म्याग्दीको कला र संस्कृतिलाई जर्गेना र गीतसंगीतमार्फत जिल्लालाई चिनाउन काठमाण्डौमा रहेका म्याग्देली कलाकारहरु लागिपरेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।

म्याग्दी कलाकार संघ काठमाण्डौले म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रममा कलाकारहरूमार्फत म्याग्दीको पहिचानलाई प्रचारप्रसार गरेको बताइएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा मोना आइइसीका अध्यक्ष ददीवल खड््काले म्याग्दीका कलाकारहरुसँग सहकार्य गरी आगामी दिनमा थप काम गर्ने बताए । उनले मोनामार्फत कलाकारसँग मिलेर म्याग्दीका सम्भावना र प्रवासमा रहेका म्याग्देलीको आवश्यकता र समस्याका बारेमा गीतसंगीत सहित रचनात्मक कार्यहरुमार्फत प्रचारप्रसार समेत गरिने बताए ।

सोही अवसरमा गीतसंगीतमार्फत जिल्लालाई चिनाउन तथा काठमाण्डौमा रहेका कलाकारहरुलाई संरक्षण गर्न स्थापना भएको म्याग्दी कलाकार संघ काठमाण्डौले थाली नाच, पुख्यौली नृत्य सहित विभिन्न भाकालार्ई गीतसंगीतमार्फत दर्शकमाझ पुर्याउने काम गरेको सघकी अध्यक्ष लाली बुढाथोकीले बताईन् । काठमाण्डौमा रहेका कलाकारलाई समस्यामा सघाउने उदेश्यले कलाकार कल्याणकारी कोषको समेत स्थापना गरिएको बताईन् ।

स्वागत तथा सम्मान कार्यक्रममा मोनाका अध्यक्ष खड्का, पूर्व अध्यक्ष ओमनारायण जुग्जाली, उपाध्यक्षहरु हरी राम्जाली, ई नन्द गर्बुजा, दिपक कार्की, महिला उपाध्यक्ष विष्णु बानियाँ, यूवा संयोजक सचिन श्रेष्ठ,मोना बहराइनका पूर्व अध्यक्ष लालप्रसाद पुन, मोना बहुउदेश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्की, मोना आइइसीका मोहन थापा, मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेशप्रसाद श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, मोना अस्टेलियाका दिपक भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता बुढाथोकी, स्वागत मन्तब्य प्रथम उपाध्यक्ष दिलकुमराी राम्जाली, कल्याणकारी कोषको संयोजक कल्याणकारी कोष संयोजक जालमाया बुढाथोकीको जानकारी सहित महासचिव राम गगनको सञ्चालनमा सम्पन्न भएको थियो ।  

Leave a Reply