---Advertisement---

देविस्थानमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी, २६ लाखको क्षति

On: October 18, 2023 8:43 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थान मगरदाङमा विद्युत सर्टले दुई तले घरमा आगलागी हुँदा करिब २६ लाख भन्दा बढीको क्षति भएको छ। बुधबार राती चित्रबहादुर फगामीको घरमा विद्युत सट भई आगलागीले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट फगामीको घर भित्र राखेको लत्ताकपडा अन्न, भाडाकुडा सहित सम्पूर्ण सामान जलेर नष्ट भएको आफन्त नगेन्द्र फगामीले जानकारी दिए ।

एक्कासी आगलागी भएपछि फगामी परिवार घरबाट बाहिर निस्किएर ज्यान जोगाएपनि भित्र रहेको सम्पूर्ण सामान निकाल्न नपाएको बताइएको छ ।आगलागीस्थलको निरिक्षण गर्न गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित इलाका प्रहरी कार्यालयको टोली समेत पुगेको थियो ।

प्रहरीको टोलीले क्षतीको विवरण संकलन गरेको जनाइएको छ । पछिल्लो एक सातायता म्याग्दीमा ३ घर विद्युत सर्ट भई जलेर नष्ट भएको छ ।दशैंको मुखमा आगोलागीबाट घर जलेर नष्ट भएपछि पीडित फगामीको चार सदस्य स्थानीय इसरा सिउथानीको घरमा बसेका छन् ।

पीडितलाई सामान्य लत्ताकपडा, खाद्यान्न सहयोग गरिएको छ । पीडित फगामीले पुर्नबास सहित राहतका लागि समेत याचना गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।