गैर आबासीय नेपाली संघको ११ औं महाधिवेशनबाट राधिका गुरुङ (टिका) सचिब पदमा निर्वाचित हुनुभएको छ । डा. बद्री केसीको प्यानलबाट निवासी गुरुङ निर्वाचित हुनुभएको हो । म्याग्दीको बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोक निवासी गुरूङविगत २७ वर्षदेखि हङकङ, मकाउमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

एनआरएनएमा महिला अभियन्ताका समेत रहनुभएकी गुरुङले संघको वर्तमान महिला सचिव एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाको पूर्व महिला उपाध्यक्ष हुनुहुन्छ ।

गुरुङले हङकङ सरकारबाट उच्च पदकबाट समेत सम्मानित भइसक्नुभएको छ । गुरुङ हङकङमा मात्र नभइ विश्वभरका नेपालीहरुमाझ चिर परिचित महिला अभियन्ताको रुपमा चिनिनुहुन्छ ।

सन् २०१८ मा पहिलो पटक हङकङमा एसिया प्यासिफिक रिजनल मिटिङ गराएर ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल हुनुभएको थियो ।

एनआरएनए हङकङको सदस्य, महिला संयोजक, कोषाध्यक्ष, उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएको थियो ।

दोस्रो कार्यकालमा कोरोना महामारीमा उनको नेतृत्वमा भएको सहयोग अतुलनीय रहेको थियो ।१७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाँको डोनेशन उठाएर म्याग्दी सहित देशका विभिन्न जिल्लामा समेत वितरण गर्नुभएको थियो ।

Leave a Reply