---Advertisement---

एसिया प्यासिफिक उप–संयोजकमा म्याग्दीका दिपक कार्की विजय

On: October 20, 2023 10:21 AM
Follow Us:

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप–संयोजक पदमा बेनी नगरपालिका वडा नं ९ गलेश्वरका दिपक कार्की विजय भएका छन् । एनआरएनए एसिया प्यासिफिक उप–संयोजक (डीआरसी) पदमा मोना अन्तराष्ट्रियका उपाध्यक्ष कार्की विजय भएका हुन् ।

जापानको नागोया शहरमा व्यवसायी गरिरहेका केसीले एनआरएनए एसिया प्यासिफिक उप–संयोजक पदमा विजय भएको घोषणा गरिएको थियो । जापानमा रहेका नेपालीलाई दुखसुखमा साथ दिने कार्की एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समितिको जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत लिएका केसी हाल एनआरएनए आईसीसी सदस्य समेत थिए ।

मोना जापानको पूर्वअध्यक्ष,मोना एसीया संयोजक, मोनाको पाँचौ महाधिवेशनबाट उपाध्यक्ष समेत भएका कार्कीजापान रोटरी सद्स्य, जापानको एक दर्जन संघ–संस्थाको संरक्षक, सल्लाहकारको भूमिकामा रहेका केसी जापानमा गरीब दुखी बिरामी हरेक कुरामा अग्रपन्तीमा रहेर सहयोग गर्दै आएको छ।