दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । दशैंको मुखमा म्याग्दीका बैंक तथा वित्तिय संस्थामा नयाँ नोट लिनेको भिड नै लागेको छ ।

हरेक बर्ष म्याग्दीमा करिव ५ करोडको हाराहारीमा नयाँ नोट भित्रिने गरेपनि यसबर्ष वित्तिय संस्थाले समेत प्रयाप्त नयाँ नोट वितरण गर्न सकेको छैन् । नयाँ नोट चाडपर्वपछि वित्तिय संस्थामा जम्मा हुदाँ रातो टिकाले रंगिएको हुन्छ ।

जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको छ । नेपाल सरकारले अरवौंको लगानी गरी छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्न बाट जोगाउन म्याग्दीका वित्तिय संस्थाले नयाँ नोटसँगै सचेतनामुलक जानकारी सहितको पर्चा समेत वितरण गर्ने गरेका छन् ।

राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाका प्रबन्धक नवराज ढुंगानाले टिका लगाउँदा र पुजाआजा गर्दा रंग लाग्ने, पानी तथा दुधले नोट बिग्रने तथा च्यातिने गरेको बताए ।‘दशैँ–तिहारका बेला नयाँ नोटहरु निकै प्रयोग हुन्छ,‘दक्षिण दिन देखि लिएर पूजाआजामा समेत प्रयोग गरिन्छ,जसले गर्दा नोटको आयु घट्छ’ बैंकर्स संघ म्याग्दीका अध्यक्ष समेत रहेका ढुंगानाले भने ।

उनले नोटलाई कच्याककुच्चुक तथा पोको नपार्ने, जमिनमा नफाल्ने,पूजा गर्दा मैलो हातले नछुने, अबिर, अक्षता, माटो, तथा पानीबाट बचाउने लगायतका उपाय अनिवार्य अपनाउन पर्ने बताए । यसपटक बैंकमा आउने ग्राहकलाई नेपाल राष्ट्र बैंकको अनुरोध नै सुनाउने गरिएको बताए ।

‘नोट हाम्रो सम्पत्ति हो, नोट सभ्यताको प्रतिक हो, नोटलाई जतनसाथ प्रयोग गरौँ’ भनेर सूचना सहित नयाँ नोट वितरण गर्ने गरिएको प्रबन्धक ढुंगानाले बताए ।

नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई अतिरिक्त ब्ययभार थपिनुका साथै नेपाली अर्थतन्त्रमा नै असर गर्ने सन्देश समेत वित्तिय संस्थाका कर्मचारीले सर्वसाधारणलाई सुनाउँदै सचेत बनाउने गरेका छन् ।

गरिमा विकास बैंक बेनी शाखाकी अप्रेसन इन्चार्ज कविता सुबेदीले डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिएको बताईन् ।हरेक सेवाग्राहीलाई नयाँ नोटको जतन गर्ने विधिका बारेमा जानकारी दिने गरेको बताईन् ।

टीका लगाउने क्रममा पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ,‘नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन्छ’ उनले भनिन् ।

म्याग्दीको सदरमुकाम बेनी, बावियाचौर, दरबाङ र पोखरेबगरमा रहेका शाखाबाट समेत नोटलाई जतनसाथ प्रयोगमा सन्देशहरु समेत प्रवाह गरेको बताईन् ।

कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोगमा समेत वित्तिय संस्थाले जोड दिएका छन् । दशैंमा नेपाल बैकमार्फत प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५०,५ सय दरका नयाँ सटही सुविधा दिँदै आएको छ । नयाँ नोटको संरक्षण गर्न सके नोटको जतन हुनुका साथै राष्ट्रलाई पर्ने ठूलो आर्थिक भारबाट पनि बचाउन सकिन्छ ।

Leave a Reply